१५ असार २०८३, सोमबार

ओखलढुङ्गालाई उच्च नेटवर्कसहतिको जिल्ला बनाउने छु : थापा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ओखलढुङ्गा जिल्लाबाट नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य उम्मेदवार अस्मिता थापाले ओखलढुङ्गामा उच्च नेटवर्कसहतिको आइटिको काम गर्न सक्ने वातावरणको निर्माण गर्ने बताएकी छन् ।

शनिबार नेकपा एमालेको ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उनले ओखलढुङ्गाबाट जितेको खण्डमा आइटिको काम पनि घर, आँगन र स्वच्छ हावामा बसेर काम गर्न सक्ने वातावरणको निर्माण गर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘उच्च नेटवर्कबाट काठमाडौं नआईकन आइटिको काम गरेर ओखलढुंगा जिल्लामा घर आँगन र स्वच्छ हावामा बसेर काम गर्न सक्ने वातावरणको निर्माण अबको पुस्ताले गर्ने छ, अबको सरकारले गर्ने छ, अब आउने नेतृत्वले गर्ने छ । हामी के पढ्ने भनेर ओखलढुंगाबाट काठमाडौं आई रहदाँ मैले सांसदको रुपमा काम गर्न सकि भने मैले धेरै केही गर्न सकिन भने पनि ओखलढुंगाका हरेक युवा उच्च शिक्षाको लागि सही काउन्सिलिङ् गर्नको लागि स्कुल स्कुलमा उपस्थित हुने छु ।’

यस्तै, उनले भोलीको दिनमा यो राष्ट्रलाई, देशको समृद्धिलाई शिरमा राखेर हिन्ने कुनै पनि दलहरु छन् भने त्यो पुराना र स्थापित राजनीतिक दल नै भएको पनि बताइन् ।

उनले भनिन्, ‘पुराना राजनीतिक दलले केही गरेनन् भन्ने कुरा अहिले सुन्नमा आई रहेको छ । तर म के भन्न चाहान्छु भने यो समयको चापलाई पछ्याउने र समयसँग अपडेट हुने पार्टी आज पनि कोही छ भने त्यो नेकपा एमाले हो भन्ने कुरा हरेक तहबाट प्रमाणित भएको छ । भोलीको दिनमा पनि यो राष्ट्रलाई, देशको समृद्धिलाई शिरमा राखेर हिन्ने कुनै पनि दलहरु छन् भने त्यो पुराना र स्थापित राजनीतिक दल नै हुन् ।’

जनताले दिएको मत कुनै पनि लोभ, लालच र गलत काममा प्रयोग हुन नदिने पनि उनको भनाई छ ।