२४ जेष्ठ २०८३, आइतबार

फागुन २१ गते हुने निर्वाचन देश बनाउने र देश जलाउनेबीचको चुनाव हो : कैलाश ढुङ्गेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप । नेकपा (एमाले)का बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले फागुन २१ गते हुने निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने शक्तिबीचको चुनाव’ भएको बताएका छन् ।

शनिबार एमाले रामेछापको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले अहिले मुलुकमा देश निर्माण गर्ने शक्ति एमाले र देशलाई अस्थिरतामा धकेल्ने शक्तिबीच मुख्य प्रतिस्पर्धा भइरहेको धारणा राखे ।

‘यो लडाइँ एमालेले जित्नै पर्छ । एमालेलाई हार्ने छुट छैन,’ उनले भने, ‘देशभरिका मतदाता सचेत भए एमालेले जित्छ, अन्यथा देश जलाउनेले जित्नेछन् ।’

अध्यक्ष ढुङ्गेलले लोकतन्त्र, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता जोगाउन एमालेले यो निर्वाचन जित्नुपर्ने आवश्यकता औँल्याए ।

उनले एमाले नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्दा भएका विकास निर्माणका कामलाई जनतासमक्ष प्रभावकारी रूपमा पुर्‍याउन सके मात्रै पनि पार्टीलाई चुनाव जित्न पर्याप्त हुने बताए । त्यसका लागि जनताबीच विकासका उपलब्धि पुर्‍याउने जिम्मेवारी पार्टीका नेता तथा कार्यकर्ताको काँधमा रहेको उनले बताए ।