४ असार २०८३, बिहिबार

नयाँ शक्ति भन्नेहरूले समाजमा घृणा र निराशा फैलाइरहेका छन् : कुलमणि देवकोटा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । नेकपा (एमाले)का सुर्खेत जिल्ला अध्यक्ष एवम् प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार कुलमणि देवकोटाले सामाजिक सञ्जालमा देखिने प्रतिक्रिया र वास्तविक जनताको मनस्थिति फरक रहेको बताएका छन् । गाउँ–गाउँमा पुग्दा जनतामा एमालेप्रति विश्वास र समर्थन देखिएको उनले बताए ।

उनले भने, “गुगलमा जे देखिए पनि भूगोलमा नेकपा (एमाले)ले जित्ने अवस्था छ ।” घरदैलो अभियानका क्रममा जनताको सुख–दुःख नजिकबाट बुझेको उल्लेख गर्दै उनले आफू पार्टीको मात्र नभई गाउँ घरका जनताको सुख दुःख बझ्ने उम्मेदवार भएको बताए । उनले एमालेका पक्षमा मतदान गर्न आग्रह गर्दै पार्टीको नीति र नेतृत्व देशको समृद्धिका लागि आवश्यक रहेको जिकिर गरे ।

देवकोटाले कृषि उत्पादन र पर्यटनमार्फत आयआर्जन बढाउनुपर्ने आवश्यकता औंल्याउँदै आफू किसानको छोरा भएकाले श्रम र उत्पादनसँग परिचित रहेको बताए । “जनताको घरदैलोमा पुगेर समस्या बुझेको छु, त्यसलाई व्यवहारमै सम्बोधन गर्छु,” उनले भने । उनले आफूलाई नयाँ शक्ति भन्नेहरूले समाजमा उत्तेजना, घृणा र निराशा फैलाइरहेको समेत बताए ।

उनले निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमालेलाई स्थापित गर्नुपर्ने धारणा राखे । देश, जिल्ला र गाउँ–टोलको विकासका लागि एमालेको जित आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा केन्द्रीय नेतादेखि स्थानीय अगुवा कार्यकर्तासम्मको उपस्थिति रहेको थियो ।