२४ जेष्ठ २०८३, आइतबार

नक्कली बालेनको फण्डा के हो ?

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । सुदूरपश्चिम भ्रमणमा रहेका बालेन साह कैलाली पुगेका बेला उनलाई प्रहरी स्कर्टिङसहित ल्याइएको थियो। बजार क्षेत्रमा समर्थकहरूको भीड जम्मा भएको थियो र गाडी केहीबेर रोकिँदा उनले झ्याल खोलेर अभिवादन स्वीकार गरे, तर बोल्न भने चाहेनन्।

तर उनको गाडी अघि बढेपछि पछाडितर्फ आएको अर्को गाडीको छतबाट बालेनजस्तै देखिने एक युवक हात हल्लाउँदै देखिए। दाह्री, टोपी र पहिरन मिलेकाले धेरैले उनलाई नै बालेन ठानेर झुक्किए। उक्त दृश्यको भिडियो सामाजिक सञ्जालमा फैलिएको छ।

पछि खुलेअनुसार ती युवक कैलालीकै गोपाल कोइराला हुन्। आफू बालेनका प्रशंसक भएकाले उनी जस्तै भेष बनाएर गएको र कसैको निर्देशनमा नभई आफ्नै रहरले त्यहाँ पुगेको उनले बताएका छन्।

यस घटनाबारे पार्टीले औपचारिक प्रतिक्रिया दिएको छैन। प्रहरीले भने आफ्नो ध्यान सुरक्षामा केन्द्रित रहेकाले पछाडिको गाडीमा को थियो भन्नेबारे पछि मात्रै जानकारी पाएको जनाएको छ।

यसैबीच, बालेनले सुदूरपश्चिमका विभिन्न जिल्लामा छोटो समयका लागि पुगेर उम्मेदवार र कार्यकर्तासँग भेटघाट गरिरहेका छन्। उनले धेरै ठाउँमा भाषण नगरी केवल उपस्थितिमात्र जनाउने शैली अपनाएका छन्।