१८ असार २०८३, बिहिबार

निर्वाचनमा घुमन्ते उम्मेदवारलाई बाईबाई, रैथानेलाई हाईहाई गरौँ : महेश बस्नेत

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीले घुमन्ते उम्मेदवारको सुरूवात गरेको टिप्पणी गरेका छन् ।

युवा सङ्घको पहिलो बैठकमा बोल्दै सचिव बस्नेतले रास्वपाले देशभर घुमन्ते उम्मेदवार जाने चलन चलाएको बताएका हुन् ।

‘अहिले फेरि केपी ओलीलाई सदनमा आउन नदिने भनेर काठमाडौँ महानगरका मेयर बालेन शाह झापा जाँदैछन्’, बस्नेतले भने, ‘आफू जन्मेको ठाउँमा चुनाव लड्ने होला । आफू हुर्केको र मतदाता भएको ठाउँमा चुनाव लड्ने होला । अहिले घुमन्ते उम्मेदवारहरू देशभरि जाने चलन राष्ट्रिय स्वतन्त्र पार्टीले निकालेको छ । घुमन्तेहरूलाई घुमाइदिनुस् । विकास देखाइदिनुस्, समृद्धि देखाइदिनुस् । भोट नेकपा एमालेलाई हाल्नुस् ।’

उनले आगामी निर्वाचनमा घुमन्ते उम्मेदवार बाइबाई र रैथाने उम्मेदवार हाई हाईको नारा लगाउनु पर्नेमा जोड दिए ।