१७ असार २०८३, बुधबार

नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने षड्यन्त्र हुँदैछ : शंकर पोखरेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन खोजिएको बताएका छन् ।

आज प्रेस चौतारीले नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनपछि नेपालको संविधान घायल भएको, लोकतन्त्र कमजोर भएको बताएका हुन् ।

उनले भने, ‘संविधान घायल भएको छ, लोकतन्त्र कमजोर भएको छ, नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउने षड्यन्त्र हुँदैछ। अहिले विदेशीको कठपुतली सरकार निर्माण भएको छ, भविष्यमा पनि त्यसलाई निरन्तरता दिनको लागि जेलेन्स्की जन्माउने योजनाको साथ अभियान सुरु भएको छ।’