३० जेष्ठ २०८३, शनिबार

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्षपछि नयाँ भर्ना खुला गरेको छ । संस्थानले लोक सेवा आयोगबाट स्वीकृत वार्षिक कार्यतालिका अनुसार रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गर्दै शुक्रबार सुचना प्रकाशन गरेको हो ।

संस्थान प्रमुख तथा महाप्रबन्धक लालबहादुर ऐरीको पहलमा खुला गरिएको भर्नाले संस्थाको कार्यसम्पादन र प्रशासनिक संरचनालाई जीवन्त बनाउने विश्वास व्यक्त गरिएको छ । ऐरीका अनुसार लामो समयदेखि रोकिएको नियमित पदपूर्ति र बढुवा प्रक्रिया पनि यसैसँग खुला गरिएको हो ।  संस्थानले प्रशासन, प्राविधिक र पत्रकारिता सेवामा नयाँ भर्ना खुला गरेको जानकारी दिएको छ । यसअनुसार, खुला प्रतियोगितात्मक परीक्षा मार्फत ९१ जना, आन्तरिक प्रतियोगितात्मक परीक्षा मार्फत १८९ जना, गरी जम्मा २८० जनाको भर्ना गरिनेछ ।

विशेषगरी, पहिलो पटक संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गरी सोही प्रतिवेदनअनुसार संस्थानले आगामी भर्ना र बढुवा प्रक्रिया अघि बढाएको छ ।

खुला भर्नामा माग भएका केही पदहरू यस प्रकार छन्ः

नायब कार्यकारी निर्देशक – नौ तहमा एक जना
समाचारदाता (नेपाली) – ६ तहमा नौ जना
समाचारदाता (अंग्रेजी) – ६ तहमा सात जना
फोटो पत्रकार (फोटोग्राफी तथा कला) – दुई जना
प्रशासनका विभिन्न तहमा समेत नयाँ कर्मचारीको माग

खुला प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त फागुन ७ गतेसम्म बुझाउनुपर्ने छ भने दोब्बर दस्तुर तिरी दरखास्त फागुन १४ गतेसम्म बुझाउन सकिने संस्थानले जनाएको छ ।

इच्छुक उम्मेदवारले फारम संस्थानको वेबसाइटबाट डाउनलोड गरी एफो साइजको पेपरमा प्रिन्ट गरी हालसालै खिचेको पासपोर्ट साइजको ३ प्रति फोटो टाँसी सम्पूर्ण विवरण भरी गोरखापत्र संस्थान, केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौंमा दरखास्त पेश गर्न सक्नेछन् ।