८ असार २०८३, सोमबार

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ अस्थायी मतदाता विवरण संकलन सुरु भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउने जिल्लास्थित सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दीलगायत विवरण संकलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पालना र सुरक्षा व्यवस्था चुस्त बनाउन सरोकार भएकाहरूसँग छलफल पनि गरिसकेको छ ।

हालसम्म आचारसंहिता उल्लंघनका उजुरी नपरेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताए ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सहभागी दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन् । यो जिल्लामा दुई निर्वाचन क्षेत्र छन् ।