५ कार्तिक २०८३, बिहिबार

दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो ।

परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताए । आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी दमकलसहित परिचालन भएको छ । आगलागीको कारण भने खुलेको छैन ।