काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ ।
आज (बिहीबार) विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरेर दुई समितिको बैठक बस्न लागेको हो । विकास, आर्थिक मामिला तथा सुशासन समितिमा राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन २०८२ को बारेमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ः३० बजे बस्ने तय भएको छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा नालापानी युद्धमा सुवेदार दयाराम खड्काको योगदान सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहानको १०ः१५ बजे तय भएको छ । बैठकमा राष्ट्रिय सभाका उपाध्यक्ष, विधायन व्यवस्थापन समितिका सभापति र इतिहासविद् प्रा.डा. श्रीरामप्रसाद उपाध्यायलाई आमन्त्रित गरिएको छ ।









प्रतिक्रिया