३० जेष्ठ २०८३, शनिबार

विकास, आर्थिक मामिला तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८१/०८२ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा समितिकी सभापति कमला पन्तले सो प्रतिवेदन प्रस्तुत गरेकी हुन् ।

सो अवसरमा उनले सरकारलाई जवाफदेही र उत्तरदायी बनाउनका लागि सो प्रतिवेदन सभामा पेस गरिएको बताइन् ।

प्रतिवेदनमा नेपाललाई अतिकमविकसित राष्ट्रबाट विकाशशील राष्ट्रमा परिणत गर्न, जलवायु परिवर्तनले पारेका असर न्यूनीकरणका लागि ठोस कदम चाल्न पनि सरकारलाई सचेत गराउनेलगायत विषय समावेश गरिएको छ ।