काठमाडौं । बुद्ध एयरले आफ्नो यात्रुहरूका लागि केही विमानस्थल अस्थायी रूपमा बन्द रहेको जानकारी गराएको छ ।
बुद्ध एयरका अनुसार हाल तुम्लिंगटार एयरपोर्ट, राजविराज विमानस्थल, भरतपुर विमानस्थल, सुर्खेत विमानस्थल अस्थायी रूपमा बन्द भएका हुन् । यस बाहेक देशभरिका अन्य सबै विमानस्थल सञ्चालनमा रहेका छन् ।
एयरलाइन्सका अनुसार बन्द विमानस्थलमा मौसमी अवस्थाका कारणले उडान सञ्चालन रोकिएको हो । मौसममा सुधार आएसँगै तुम्लिंगटार एयरपोर्ट, राजविराज विमानस्थल, भरतपुर विमानस्थल, सुर्खेत विमानस्थल सञ्चालन हुनेछ । यात्रुहरूले आफ्नो उडानको सुनिश्चितता गर्न बुद्ध एयर कार्यालय वा टिकेट काउन्टरमार्फत जानकारी लिन सुझाव दिइएको छ ।
एयरलाइन्सले यात्रुहरूलाई आफ्नो यात्रा योजना बनाउन सजिलो बनाउने उद्देश्यले बाँकी विमानस्थलमा नियमित उडान सञ्चालन भइरहेको जनाएको छ ।








प्रतिक्रिया