काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौंमा रहेका दुई कारागार कार्यालयको स्थलगत निरीक्षण गरेका छन् । केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारका साथै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको स्थलगत निरीक्षण गरेका हुन् ।
निरीक्षणको क्रममा कारागार र अस्पतालको वस्तुस्थितिबारे जानकारी लिई गर्नुपर्ने आवश्यक सुधारको लागि निर्देशन दिएका छन् ।
मन्त्री अर्यालले बन्दीगृहमा मानवअधिकारको प्रत्याभूतिमा कुनै सम्झौता नगर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए । कारागार कार्यालयहरूको भौतिक पुर्वाधार सुधार तथा अत्यावश्यक सेवाको उपलब्धताको लागि मन्त्रालयको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरे । कारागार व्यवस्थापन विभागमार्फत कारागार कार्यालयहरूको सुधारको मार्गचित्र यथाशीघ्र मन्त्रालयमा पेस गर्न सम्बन्धित कारागार प्रशासकलाई निर्देशन दिए ।
केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको निरीक्षण गरी मन्त्री अर्यालले अस्पतालमा उपचाररत बन्दीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिई अस्पतालको सेवालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।









प्रतिक्रिया