५ कार्तिक २०८३, बिहिबार

टेरामक्स भ्रष्टाचार प्रकरणमा अदालतले गठन गर्‍यो विज्ञ समूह

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत जोडिएको टेरामक्स भ्रष्टाचार प्रकरणमा विशेष अदालतले प्राविधिक परिक्षणका लागि विज्ञ समूह गठन गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले खरिद सम्झौता अनुसार उपकरण जडित भएको/नभएको परिक्षणका लागि विज्ञ समूह गठनका लागि आदेश दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका विषयविज्ञ वरिष्ठ इन्जिनियरको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पसका टेलिकम्युनिकेसन एन्ड इलेक्ट्रोनिक विषयविज्ञ प्राध्यापक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का विषयविज्ञ रहेको विशेष विज्ञ समूह गठन गरिएको छ ।

टेरामक्स खरिदमा एक अर्ब ११ करोड ६५ लाख ५२ हजार १४३ रुपैयाँ भुक्तानी भएको आरोप पत्रमा उल्लेख छ। खरिद भएका सामान जडित गरिसकेको आपूर्तिकर्ताको जिकिर छ ।