७ असार २०८३, आइतबार

विनोद चौधरीको चुनावी अभियान तीव्र, प्रचारप्रसारका लागि क्षेत्रीय कार्यालय उद्घाटन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ । नेपाली कांग्रेसले यस क्षेत्रमा विनोद चौधरीलाई उमेदवार बनाएको छ ।

सोमबार बर्दघाटमा आयोजित अगुवा कार्यकर्ता भेलाले निर्वाचन क्षेत्रका सबै तह र तप्कालाई समेट्ने गरी क्षेत्रीय कार्यालय उद्घाटन गरिएको छ ।

यसैगरी, क्षेत्रीय सभापति मुकुल आचार्यको संयोजकत्वमा ५५५ सदस्यीय ‘क्षेत्रीय चुनाव प्रचार प्रसार समिति’ गठन गरिएको हो । समितिले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउँदै ‘घर दैलो’ अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । क्षेत्रीय समिति मातहत रहने गरी प्रत्येक वडा र टोलमा समेत उपसमितिहरू गठन गरिने बताइएको छ ।

उमेदवार चौधरीले विगत तीन वर्षमा आफूले यस क्षेत्रको विकासका लागि राखेको जग र आगामी योजनालाई जनतामाझ लैजाने तयारी गरिएको पार्टीले जनाएको छ । ‘हामी केवल चुनाव जित्नका लागि मात्र होइन, नवलपरासीको आर्थिक रूपान्तरण र समृद्धिका लागि मैदानमा छौँ । हरेक कार्यकर्ताले आफूलाई उम्मेदवार सम्झेर जनताको घरदैलोमा पुग्न आवश्यक छ,’ समितिका संयोजक आचार्यले बताए ।

कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक, प्रदेश सांसद विश्वप्रेम पाठक, कांग्रेस कावा सभापति विक्रम यादव, उपाध्यक्ष अनिल गौण, सचिव उमेश यादव, कुलदीप आचार्य लगायतका नेताहरूले चौधरीजस्तो उमेदवार नवलपरासीले पाउनु गर्वको विषय भएको बताए ।

चौधरी यसअघि २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।