१६ असार २०८३, मंगलबार

सानिमा बैंकका नवनियुक्त सीईओ आचार्यद्वारा पदभार ग्रहण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले आइतबार पदभार ग्रहण गरेका छन् । सानिमा बैंकको सञ्चालक समितिको कात्तिक २४ गते बसेको बैठकको निर्णय बमोजिम आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

२१ वर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पुर्‍याउँदै आएका आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमएनआईटी जयपुरमा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गर्नुअघि उनी बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । सानिमा बैंकमा आफ्नो लामो सेवाकालका दौरान उनले दशभन्दा बढी विभाग तथा शाखाहरूको नेतृत्व गरेका छन् ।

उनको प्रमुख कार्य क्षेत्रहरूमा कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्त रहेका छन् । उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा पनि अध्यक्षका रुपमा कार्यरत थिए । बैंकिङ्ग क्षेत्रबाहेक उनीसँग इन्जिनियरका रूपमा चार वर्षभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ । यसका साथै, उनले पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा पनि सेवा प्रदान गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत आचार्यको विश्लेषण क्षमता, रणनीतिक सोच र बैंकिङ्ग अनुभवका आधारमा उनको नेतृत्वमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।