१८ असार २०८३, बिहिबार

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू‍–भागमा हल्का हिमपात र वर्षाको सम्भावना

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।

बाँकी हिमाली भू–भागमा आंशिक बादल लागी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात/वर्षा भैरहेको छ ।

आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ । देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागी बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एकदुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।