काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेडहरुलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरु प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र एक्यानबीच एक सम्झौता सम्पन्न भएको छ । यससम्बन्धी सम्झौता पत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरुले न्युनतम आवश्यक कागजातमा ७५ हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्नुका साथै आवश्यक प्रक्रिया पूरा गरी बिना धितो १५ लाख रुपैयाँसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, विकास बैंकले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेण्ट सदस्यहरुलाई आकर्षक व्याजदरमा घर कर्जा र सवारी साधन कर्जा समेत प्रदान गर्नेछ ।
हाल गरिमा विकास बैंक लिमिटेडले ‘अब आफ्नै घर’ भन्ने नाराका साथ ६.४९ प्रतिशतदेखि गरिमा आवास कर्जा तथा ५.९९ प्रतिशतदेखि नै गरिमा एसएमई तथा व्यवसाय कर्जा प्रवाह गरिरहेको छ ।
गरिमा विकास बैंकको देशभर १२६ शाखा कार्यालय र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङमार्फत करिब ९ लाख ५० हजार ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।








प्रतिक्रिया