काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोडमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ३०० जना अभिकर्ताहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं कोशी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सीईओ क्बलको सदस्यता वितरण तथा सम्मान गरेका थिए । साथै, सो प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यसैगरी, यस अवसरमा कम्पनीले वार्षिक योजनाअन्तर्गत जारी गरेको नेशनल अवार्ड योजनाअन्तर्गत नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब र नेशनल अवार्डअन्तर्गत योग्य हुने अभिकर्ताहलाई प्रदेशस्तरीय रुपमा सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनौट भएका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए । साथै, उनले कम्पनीले ल्याएको सीईओ क्लब कार्यक्रममा नेपाल भरबाट १६०० जना जनाभन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताउँदै कम्पनीले सबै तहका अभिकर्ताहरु माझ लोकप्रिय हुने यस्ताखाले योजनाहरु ल्याउन हरसम्भव प्रयासरत रहेको पनि बताए ।
चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले मोटिभेसनल तालिम प्रदान गरेको समारोहमा सहभागि अभिकर्ताहरुले तालिमबाट थप उर्जा मिलेको र प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै क्षेत्रमा सम्मान ग्रहण गर्न पाउँदा गर्व महसुस भएको बताएका थिए ।









प्रतिक्रिया