१८ असार २०८३, बिहिबार

बेलकामा कृषि क्रान्तिका अगुवा दुर्गा थापा, सूर्यमा मतदान गर्न किसानको आह्वान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर । अखिल नेपाल किसान महासंघ कोशी प्रदेशका अध्यक्ष तथा नेकपा (एमाले)का नेता दुर्गा कुमार थापा (स्वस्ती)ले बेलका नगरपालिकामा किसानमुखी नीति, कार्यक्रम र नमुना कार्यमार्फत कृषि क्षेत्रको सशक्त विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै किसान समुदायले आगामी निर्वाचनमा सूर्यमा मतदान गर्न आह्वान गरेका छन् ।

वि.स. २०७४ देखि २०७९ सम्म बेलका नगरपालिकाको नगरप्रमुख रहँदा थापाको नेतृत्वमा कृषि, पशुपालन, सिँचाइ, बीउ–बिजन, बजार व्यवस्थापन तथा किसान अधिकारका क्षेत्रमा ऐतिहासिक कामहरू सम्पन्न भएका थिए । उनले कृषि विकासलाई प्राथमिकता दिँदै बजेट विनियोजन, आधुनिक प्रविधिको प्रयोग र किसानमैत्री संरचना निर्माणलाई अघि बढाएका थिए ।

नगरपालिकामा कस्टम हायरिङ सेन्टर स्थापना गरी सस्तो भाडामा कृषि मेसिन–औजार उपलब्ध गराइनु, बेलका–२ आम्बासीमा चिस्यान केन्द्र, बहुबाली जोन कार्यक्रम, केराको ब्लक, मौरी पकेट क्षेत्र, बाख्रापालन, माछा ब्लक कार्यक्रम, दूध चिस्यान केन्द्र, बोका–खसी संकलन केन्द्र, बीउ–बिजन संकलन केन्द्र लगायतका कार्यक्रमहरू सञ्चालन गरिएका थिए ।

यसैगरी, साना सिँचाइ आयोजना, दर्जनौं डिप बोरिङ, लिफ्टिङ सिँचाइ योजना, नदी नियन्त्रण, कुलो निर्माण तथा मर्मत कार्यमार्फत कृषियोग्य जमिन संरक्षण र उत्पादन वृद्धिमा टेवा पुगेको किसानहरूको भनाइ छ ।

थापाको कार्यकालमा पहिलो किसान ऐन तर्जुमा, अव्यवस्थित बसोबासीको साढे १२ हजार हेक्टर जमिन नापी गरी निस्सा वितरण, वर्गीकृत किसान परिचयपत्र वितरणको सुरुवात, बाली तथा पशु बीमामा थप अनुदान, अर्गानिक खेती अभियान, अर्गानिक मल उत्पादन केन्द्र स्थापना, किसानका लागि मौसम जानकारी दिने यन्त्र जडान जस्ता दीर्घकालीन महत्वका कामहरू भएका थिए ।

पशु चिकित्सक नियुक्त गरी पशु अस्पताल स्थापना, कृषि इन्जिनियर र एक वडा एक प्राविधिक व्यवस्था, कृषि नमुना प्रदर्शनी केन्द्र, कृषि सिकाइ केन्द्र, ‘कमाउँदै पढ्दै’ कार्यक्रम, नमुना घरबगैँचा कार्यक्रम तथा सहुलियत कर्जा कोष स्थापना पनि उल्लेखनीय उपलब्धिका रूपमा किसानहरूले स्मरण गरेका छन् ।

कृषि क्षेत्रमा काम गर्ने हेल्भिटास, कियर नेपाल, लिबर्ड, राष्ट्रिय कृषक समूह महासंघ, सामुदायिक आत्मनिर्भर केन्द्र, जर्मन सहयोग नियोगलगायत संघसंस्था भित्र्याइ कृषिमा लगानी र प्रविधि विस्तार गरिनुका साथै कृषि तथा पशुपन्छी मन्त्रालयबाट उत्कृष्ट पुरस्कार समेत प्राप्त भएको थियो ।

हाल देशभर किसान अधिकार ऐन निर्माणका लागि वकालत अभियानमा सक्रिय थापा किसानको हक, हित र अधिकारको सुनिश्चितताका लागि निरन्तर लागिरहेको भन्दै किसान समुदायले उनको नेतृत्वलाई फेरि पनि बलियो बनाउन सूर्यमा मतदान गर्न आह्वान गरेका छन् ।