२७ जेष्ठ २०८३, बुधबार

महाशक्ति सावुन कम्पनीको स्टोरमा आगलागी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रमा रहेको महाशक्ति सावुन कम्पनीको स्टोर भवनमा गएराति आगलागी भएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगो निभाउन पशुपतिनगर मकवानपुरको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल १४ नं. गण, हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकल र स्थानीयहरुको सहयोगमा आगो निभाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीमा मानवीय तथा पशु चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीले स्टोरमा रहेको सावुन र कार्टुन जलेर नष्ट भएको छ भने क्षतिको विवरण नखुलेको प्रहरीले जनाएको छ ।