काठमाडौं । अनरले नेपालमा आफ्नो नयाँ स्मार्टफोन एक्स९डीको सफल सार्वजनिकरण घोषणा गरेको छ । कम्पनीका अनुसार शक्तिशाली प्रदर्शन, उत्कृष्ट मजबुती र उच्चस्तरीय विश्वसनीयताका लागि डिजाइन गरिएको एक्स९डी आधुनिक प्रयोगकर्ताको आवश्यकता पूरा गर्न तयार गरिएको स्मार्टफोन हो । यस सेग्मेन्टमा प्रयोगकर्ताको अपेक्षालाई नयाँ स्तरमा पुर्याउने क्षमतासहित एक्स९डी प्रस्तुत गरिएको छ ।

एक्स९डीमा २.५ मिटर ड्रप रेसिस्टेन्स, उद्योगमै अग्रणी आईपी६९के रेटिङ, लामो समयसम्म चल्ने ८३०० एमएच क्षमताको ठूलो ब्याट्री, तथा प्रत्येक क्षणलाई स्पष्ट र जीवन्त रूपमा कैद गर्ने १०८ एमपी उच्च रेजोलुसन क्यामेरा जस्ता विशेषता समावेश छन् । यी सबै विशेषताले नवप्रवर्तन, मजबुती र उत्कृष्ट प्रदर्शनको सन्तुलन प्रदान गर्छन् ।
कम्पनीका अनुसार एक्स९डी दुई भेरियन्टमा उपलब्ध हुनेछः
८जीबी र्याम प्लस २५६ जीवी स्टोरेज– ५४,९९९ रुपैयाँ
१२जीबी र्याम प्लस २५६ जीवी स्टोरेज– ५९,९९९ रुपैयाँ
यस विशेष स्मार्टफोनको लञ्च अवसरमा अनरले ग्राहकहरूका लागि आकर्षक प्रि–बुकिङ अफर सार्वजनिक गरेको छ । प्रि–बुकिङ अवधि २०२६ जनवरी २३ देखि जनवरी २८ सम्म रहनेछ, जसअन्तर्गत प्रारम्भिक ग्राहकहरूले विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् ।
यस अफरअन्तर्गत प्रि–बुकिङ गर्ने ग्राहकहरूले १५,९९९ रुपैयाँ मूल्य बराबरको अनर च्वाइस वाच २ प्रो निःशुल्क प्राप्त गर्नेछन् । साथै, २०,००० रुपैयाँ मूल्य बराबरको १ वर्षे सेवा सुविधा पनि उपलब्ध गराइनेछ, जसमा स्क्रिन रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट तथा पानीबाट हुने क्षतिको मर्मत समावेश छ, जसले ग्राहकलाई थप सहजता र मानसिक शान्ति प्रदान गर्दछ । यसलाई अझ रोमाञ्चक बनाउँदै एक जना भाग्यशाली प्रि–बुकिङ ग्राहकले ५८,९९,९९९ रुपैयाँ मूल्य बराबरको नयाँ दीपल एस०५ कार जित्ने अवसर पनि पाउनेछन् । यसले अनर एक्स९डी को प्रि–बुकिङ अभियानलाई नेपालकै सबैभन्दा आकर्षक स्मार्टफोन अफरहरूमध्ये एक बनाएको कम्पनीले जनाएको छ ।
ग्राहकहरूले नजिकको अनर आउटलेट वा आधिकारिक रिटेल स्टोर मा गई अनर एक्स९डी प्रि–बुक गर्नसक्ने कम्पनीको भनाइ छ ।









प्रतिक्रिया