१० श्रावण २०८३, आइतबार

सुर्खेतमा ३२ जना जेनजी युवाहरु एमालेमा प्रवेश

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा ३२ जना जेनजी उमेर समूहका युवाहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा सुर्खेतका ३२ जना युवाहरू एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई एमाले केन्द्रीय सदस्य महोनमया ढकाल, एमाले जिल्ला कमिटी सुर्खेत अध्यक्ष तथा सुर्खेत क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कुलमणि देवकोटा लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।

देशभक्त, सच्चा र देश विकास गर्ने पार्टी एमाले भएको भन्दै जेनजी युवाहरू एमालेमा प्रवेश गरेका हुन् । उनीहरूले नयाँ पार्टीले युवाहरूलाई पार्टीको गतिविधिमा भन्दा आफूहरूलाई भड्काउन मात्रै प्रयोग गरेको बताएका थिए ।

यसैबीच, एमाले सुर्खेतले निर्वाचन कार्यक्रमअन्तर्गत वडा भेटघाट तथा छलफललाई पनि तीव्रता दिइएको जनाएको छ ।