२९ असार २०८३, सोमबार

संखुवासभामा मिङ्मालाई जिताउन बालेनको आग्रह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले संखुवासभामा रहेका रास्वपाका उम्मेदवार मिङ्मा शेर्पालाई साथ सहयोग गरेर जिताउन आग्रह गरेका छन् ।

उनले संखुवासभामा पर्यटन र कृषि विकास गरेर नेपालको मात्रै होइन बाहिरका मान्छेलाई पनि यो क्षेत्रमा ल्याउनको लागि रास्वपाको उम्मेदवारलाई जिताउन आग्रह गरे ।

उनले भने, ‘म संखुवासभा पहिलो पटक आएको हो । म जसरी यहाँ आइपुगेको छु, त्यसैगरी अन्य नेपाली जनतालाई पनि यहाँ आउने बाटो खुलाई दिनुहोला । यहाँको पर्यटन विकास गरेर, कृषि विकास गरेर नेपालको मात्रै होइन बाहिरको मान्छेले पनि यहाँ आउने मौका पाओस् त्यसको लागि राम्रो उम्मेदवार हामीले यहाँको लागि छनोट गरेका छौँ । सबैको साथ सहयोगमा उहाँलाई जिताउनु होला ।’