२५ जेष्ठ २०८३, सोमबार

सत्य, कर्तव्य र जिम्मेवारीप्रति दृढ छु : गोकुल बास्कोटा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण नभएको स्पष्ट पार्दै सत्य, कर्तव्य र जिम्मेवारीप्रति आफू दृढ रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले सत्यको मूल्याङ्कन आफ्नै आग्रहअनुसार गरिनु नहुने उल्लेख गरेका छन् । उनले सत्य जाँच्ने कि आफ्नै आग्रहअनुसार व्याख्या गर्ने, परिस्थितिमा आगो छादनु कि बरफ वर्षाउन् भन्ने विषय आफ्नो सरोकारको विषय नभएको उल्लेख गरेका छन् ।

नेता बास्कोटाले आफ्नो धर्म, कर्तव्य र दायित्वलाई कहिल्यै नबिर्सने उल्लेख गर्दै राजनीतिक जीवनमा पूर्वाग्रह र प्रतिशोधको स्थान नहुने धारणा राखेका छन् । उनले जननेता मदन भण्डारीको ‘पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन’ भन्ने भनाइलाई आफ्नो राजनीतिक आदर्शका रूपमा आत्मसात् गरेको पनि उल्लेख गरेका छन् ।