३ श्रावण २०८३, आइतबार

काठमाडौंमा आज एमालेको निर्वाचन केन्द्रित विशेष जनप्रदर्शन, अध्यक्ष ओलीले सम्बोधन गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीले आज (आइतबार) काठमाडौंमा निर्वाचन केन्द्रित विशेष जनप्रदर्शन गर्दैछ ।

आइतबार मध्यान्ह १२ बजे प्रदर्शनीमार्गमा हुने जनप्रदर्शनमा २० हजारभन्दा बढी नेता, कार्यकर्ता, शुभेच्छुकहरूको उपस्थिति रहने पार्टीका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए ।

प्रदर्शनीमार्गबाट सुरु हुने जनप्रदर्शन कमलादीस्थित प्रज्ञा भवनमा पुगेर सभामा परिणत हुनेछ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

अध्यक्ष ओलीले देशको पछिल्लो समसामयिक राजनीतिक अवस्था, निर्वाचन तयारी र पार्टीको आगामी रणनीतिबारे सम्बोधन गर्ने बताइएको छ ।