८ असार २०८३, सोमबार

शेरबहादुर देउवा पक्षको कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज (शनिबार) बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षलाई आधिकारिकता दिएलगत्तै देउवा पक्षले बैठक बोलाएको हो । बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थित हुन सूचनामार्फत आग्रह गरिएको छ ।