२५ असार २०८३, बिहिबार

धनुषाको कुन निर्वाचन क्षेत्रमा कति छन् मतदाता ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । प्रतिनिधिसभाअन्तर्गतको निर्वाचनमा धनुषा जिल्लामा जम्मा मतदाता ५ लाख १४ हजार ५ सय ७१ जना रहेका छन् ।

जनकपुरधाममा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै धनुषा क्षेत्र नं. ३ का निर्वाचन अधिकृत शुभाष राउत पुरीले धनुषा जिल्लाभरिका निर्वाचन क्षेत्रहरुबारे जानकारी गराएका छन् । उनका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा जिल्लामा ४ वटा निर्वाचन क्षेत्र रहेको छ ।

क्षेत्र नं. १ को निर्वाचन कार्यालय धनुषाधाममा रहेको छ भने निर्वाचन अधिकृत मनोज बराल रहेका छन् । यस क्षेत्रमा कुल १ लाख २६ हजार ४० जना मतदाता रहेका छन् भने मतदानस्थल ८५ वटा रहेको छ र मतदान केन्द्र १ सय ६३ वटा रहेको छ । क्षेत्र नं.२ को निर्वाचन कार्यालय विदेह नगरपालिकाको तीनकोरीयामा रहेको छ भने निर्वाचन अधिकृतमा दामोदर रेग्मी रहेका छन् । यस क्षेत्रमा कुल मतदाता १ लाख ३४ हजार ८ सय २६ जना रहेका छन् भने मतदानस्थल ८८ वटा रहेको छ र मतदान केन्द्र १७४ वटा रहेको छ । क्षेत्र नं. ३ को निर्वाचन कार्यालय जनकपुरधाममा रहेको छ भने निर्वाचन अधिकृतमा शुभाष राउत पुरी रहेका छन् । यस क्षेत्रमा कुल मतदाता १ लाख २५ हजार ९ सय २७ रहेका छन् भने मतदानस्थल ७४ वटा रहेको छ भने मतदान केन्द्र १५५ वटा रहेको छ ।

त्यस्तै, क्षेत्र नं. ४ को निर्वाचन कार्यालय महेन्द्रनगरमा रहेको छ भने निर्वाचन अधिकृतमा पुरुषोत्म खतिवडा रहेका छन् । यस क्षेत्रमा कुल मतदाता १ लाख २७ हजार ७ सय ७८ जना रहेका छन् भने मतदानस्थल ७५ वटा रहेको छ भने मतदान केन्द्र १५३ वटा रहेको छ । अस्थायी मतदाताहरुको नाम संकलन कार्य जारी नै रहेको धनुषा क्षेत्र नं. ३ का निर्वाचन अधिकृत पुरीले जानकारी दिए । उनका अनुसार धनुषाभरिमा जम्मा निर्वाचन स्थल ३ सय २२ वटा रहेको छ भने जम्मा मतदान केन्द्र ६ सय ४५ वटा रहेको छ । धनुषाको चारवटै निर्वाचन क्षेत्रमा जम्मा ३ हजार ८ सय ७० जना कर्मचारी खटाइने अधिकृत पुरीले जानकारी दिए ।