११ कार्तिक २०८३, बुधबार

तीन पार्टीबीच सहकार्य

11.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पिपुल्स फष्ट पार्टी, समावेशी–समाजवादी पार्टी र समावेशी, लोकतान्त्रिक, नैतिक तथा वैकल्पिक राजनीतिक सहकार्य मञ्चबीच सहकार्य गर्ने सहमति भएको छ । आसन्न आम निर्वाचन लगायत भविष्यका सबै राजनीतिक सहकार्य गर्ने उद्देश्यले सहमति बनेको हो ।

‘बेथिति र विभेद दुवै प्रकारका समस्याविरुद्ध स्वाभिमान र समृद्धि, सुशासन र स्वशासनको लडाइँ एकसाथ लड्नेछ । आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, दलित, महिला, पिछडिएको क्षेत्र, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता तथा अन्य अल्पसंख्यक तथा सीमान्तकृत समुदायहरूको सवाल र संघर्षलाई आत्मसात् गर्दै राज्य प्रक्रियामा समायोजन र सम्बोधनका लागि आवश्यक कार्य गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

‘समान विचार र एजेण्डा भएका सबै दल, समूह, अभियान, अभियानकर्ता व्यक्ति तथा व्यक्तित्वहरूको साझा र खुला मञ्च हो । यथास्थितिवाद र प्रियतावाद दुवै प्रवृत्तिसँग असहमत, पूर्ण समानुपातिक–समावेशी, उन्नत लोकतान्त्रिक, स्वच्छ–नैतिक राजनीतिका पक्षधर सबै वैकल्पिक तथा अग्रगामी दल, समूह र शक्तिलाई सहकार्यका लागि विनम्रतापूर्वक हार्दिक आह्वान गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

समझदारी पत्रमा पिपुल्स फष्ट पार्टीका संयोजक प्रशान्त सिंह, समावेशी–समाजवादी पार्टीको अध्यक्ष नुमा लिम्बु र दलित गोलमेच सम्मेलनका डा. निर्मल विश्वकर्माले हस्ताक्षर गरेका छन् ।