३१ जेष्ठ २०८३, आइतबार

कांग्रेस आधिकारिकताको माग गर्दै निर्वाचन आयोग अगाडि गगन समूहको धर्ना

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ । शुक्रबार दिउँसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेसका नेताहरूले आयोगका अगाडि धर्ना दिएका हुन् । आयोग अगाडि नेताहरू पलेँटी कसेर धर्नामा बसेका छन्।

शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरू आधिकारिक भएको दाबी आयोगमा निवेदन दिएका थिए ।

आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो ।

हाल गगन थापा समूह आफूलाई आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना बसेको हो । थापा समूहले बिहीबार केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थियो ।