२३ असार २०८३, मंगलबार

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२ स्थित ठूला खोला भन्ने ठाउँमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

अदानचुलीको ठूला खोला भन्ने ठाउँमा भे२त २०५५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सुम्ला घर भएका अन्दाजी ३० वर्षीय नगेस रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।

उनका अनुसार बिहीबार साँझ साढे ५ बजेको समयमा गल्फागाड श्रीनगर सडकखण्डका लागि ढुंगा ओसार्ने क्रममा ठूलाखोलामा सडकबाट करिब एक सय मिटर तल ट्रयाक्टर खसेर दुर्घटना भएको हो ।