बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जीप जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका-८ साँडीघाँटीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । मृतक तीनैजना पुरूष छन् । उनीहरूको सनाखत हुन सकेको छैन ।
जीप सडकबाट करिब ३ सय मिटर तल पुगेको छ ।
थप विवरण आउँन बाँकी छ ।









प्रतिक्रिया