१६ असार २०८३, मंगलबार

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उमेदवारलाई प्रक्रिया पुर्‍याएर निवेदन दिन आयोगको आग्रह

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उमेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा लिन सकिने जनाएको छ । आइतबार आयोगले विज्ञप्ति जारी गर्दै बन्दसूचीमा रहेको नाम फिर्ता लिन चाहने व्यक्तिले प्रक्रिया पु¥याएर निवेदन दिन आग्रह गरेको हो ।

सोमबार प्रक्रिया पु¥याएर निवेदन दिन आग्रह गरेको छ । बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उमेदवारलाई सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्मको समय दिइएको छ ।

नाम फिर्ता गर्न चाहने उमेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निवेदन दिन आयोगको आग्रह छ ।

“फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूबाट मिति २०८२÷०९÷१३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम निम्न मिति, समय र स्थानमा सम्बन्धित उम्मेदवारले आफ्नो उमेदवारी फिर्ता लिन सक्ने व्यहोरा सम्बन्धित सबै उमेदवारहरूलाई जानकारी गराइन्छ,“ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।