काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता आगामी माघ ३ गते अमेरिका जाने तयारीमा रहेका छन्।
मन्त्रिपरिषदले अमेरिकामा आयोजना हुने युवासम्बन्धी कार्यक्रममा सहभागी हुन उनलाई स्वीकृति दिएपछि भ्रमणलाई लिएर विभिन्न अड्कल सुरु भएका छन्। कतिपयले नक्कली कार्यक्रम देखाएर गुप्ता अमेरिका जान लागेको समेत बताएका छन् ।
तर, मन्त्री गुप्ता ‘जेनजी आन्दोलनपछिको नेपाल विकासमा युवाको भूमिका’ विषयक कार्यक्रममा सहभागी हुन जान लागेका बताइएको छ । उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक समूहअन्तर्गतको युवा विभागले अमेरिकाको डलासमा आयोजना गर्न लागेको हो।
आयोजकका अनुसार कार्यक्रम एनआरएनए युवा विभागको पहलमा हुन लागेको हो र मन्त्री गुप्तालाई एक्लै औपचारिक निमन्त्रणा पठाइएको छ। कार्यक्रमको मिति मन्त्रीको समयतालिकाअनुसार हेरफेर हुने बताइएको छ।
मन्त्रीका स्वकीय सचिवका अनुसार अमेरिका भ्रमण सरकारी खर्चमा नभई आयोजककै खर्चमा हुनेछ। भ्रमणको क्रममा मन्त्रीले जेनजी आन्दोलन र गैरआवासीय नेपाली युवाको भूमिकाबारे आफ्नो धारणा राख्नेछन्।









प्रतिक्रिया