२९ असार २०८३, सोमबार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज अपरान्ह ४ बजे केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिए । यसअघि कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नभएको बताएको थियो ।