४ श्रावण २०८३, सोमबार

३ स्वास्थ्य संस्थाको लागि ३ करोड बजेट अख्तियारी दिने कर्णाली सरकारको निर्णय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका तीनवटा स्वास्थ्य संस्थाको लागी तीन करोड बजेट अख्तियारी दिने निर्णय गरेको छ । आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले दैलेख, सुर्खेत र जुम्लाका तीनवटा स्वास्थ्य संस्था सुदृढीकरणका लागि बजेट अख्तियारी प्रदान गरेको हो ।

प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन क्षेत्रमा रहेका एक–एक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी दिइएको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था तथा कृर्षीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

उनका अनुसार सुर्खेतको सालकोट अस्पतालको लागि पंचपुरी नगरपालिकालाई १ करोड, दैलेखको दुल्लु अस्पतालको लागि दुल्लु नगरपालिकालाई एक करोड र जुम्लाको कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई एक करोड बजेटको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

त्यस्तै आजको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन इकाइ सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाइ, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।