३२ असार २०८३, बिहिबार

जर्सिङपौवा दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो, २७ जना घाइते

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका– ३, लप्सीफेदीस्थित जर्सिङपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन् ।

आज जर्सिङपौवाबाट पिकनिक गएर साँखुतर्फ फर्किने क्रममा महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो ।

दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर छ । घाइतेहरूलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।