३१ जेष्ठ २०८३, आइतबार

रुकुम पश्चिमबाट प्रतिनिधीसभा उम्मेदवारमा शर्माको नाम सिफारिस

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रगतिशिल लोकतान्त्रि पार्टी (प्रलोपा) रुकुम पश्चिमले आगामी प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि जनार्दन शर्माको नाम एकल सिफारिस गरेको छ ।

आज बसेको जिल्ला पार्टी बैठकले उनको नाममा एकल सिफारिस गरेको हो । तत्कालिन माओवादी केन्द्रका उपमहासचिव रहेका शर्मा प्रचण्डले नेकपा एस सहितका दलसंग पार्टी एकता गरेर नेकपामा गए पछि शर्मा भने पार्टी एकतामा गएका थिएनन् ।

२०६४ देखि रुकुम पश्चिममा चुनाव जितेका शर्माको यो पटकको निर्वाचन भने सहज रहने छैन । गत महिना जिल्लामा जादा उनलाइ नेकपाका कार्यक्रताले कालो झण्डा देखाएर विरोध गरेका थिए ।

अवको चुनावमा उनको पक्षमा कस्तो परिणाम आउछ भन्ने विषय चासोको साथ हेरिएको छ । उनी गृहमन्त्री हुदा उनको सचिवालयमा काम गरेका गोपाल शर्मा नेकपाबाट उनी विरुद्ध चुनावमा होमिन एकल उम्मेदवारमा सिफारिस भैसकेका छन् ।

त्यस्तै नेकपाले २६ गते जिल्ला सदरमुकाममा पार्टी संयोजक प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालको उपस्थितिमा एकता भेला गर्दैछ । जनार्दन विना प्रचण्ड पहिलो पटक रुुकमको कार्यक्रममा जानुलाइ अर्थपुर्णरुपमा पनि हेरिएको छ । नेकपा रुकुम पश्चिमले आज पत्रकार सम्मेलन गरेर एकता सभामा १० हजार जनसहभागिता गराउने दावि गरेका छ ।