१२ श्रावण २०८३, मंगलबार

पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन आह्वान गर्दै गगन–विश्वप्रकाश

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्दै छन् ।

दिउँसो २ बजे पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनका लागि परिपत्रसहित आह्वान गर्ने तयारी रहेको विशेष महाधिवेशनको अभियानमा रहेका राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधव चौलागाईंले जानकारी दिए ।

यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्नेगरी तयारी अघि बढेको विशेष महाधिवेशन अभियनता देवराज चालिसेले जानकारी दिए । असोज २९ मा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएर कार्यालयमा दर्ता गरेका थिए ।

तर, पुस १५मा केन्द्रीय समितिको सर्वसम्मत निर्णयबाट नियमित महाधिवेशनका लागि पुस २६–२८ को कार्यतालिका आएको थियो ।