२८ असार २०८३, आइतबार

धनुषामा गगन–विश्वको पुतला दहन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवमाथि काठमाडौंमा भएको दुव्र्यवहारको विरोधमा कांग्रेस कार्यकर्ताहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन् । जनकपुरको पिडारी चोकमा चक्काजाम गरिनुका साथै भानुचोकमा कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको पुतला दहन गरिएको हो ।

प्रदर्शनमा मधेश प्रदेशका प्रमुख सचेतक कुमारकान्त झा, प्रदेश सांसद सञ्जय महतोसहित कांग्रेस, नेविसंघ र तरुण दलका नेता–कार्यकर्ताहरू सहभागी थिए । कांग्रेस युवा नेता राकेश विक्रम साहले नेता निधिमाथि भएको दुव्र्यवहार निन्दनीय रहेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरे ।

उनले मधेशबिना कांग्रेसको अस्तित्व सम्भव नभएको उल्लेख गर्दै पछिल्लो समय मधेशका नेताहरूमाथि पटक–पटक दुव्र्यवहार हुने गरेको आरोप लगाए । ’कहिले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार हुन्छ, कहिले विमलेन्द्र निधिजस्ता वरिष्ठ नेतामाथि दुव्र्यवहार गरिन्छ,’ उनले भने ।