२९ असार २०८३, सोमबार

भ्रष्टाचार मुद्दामा काठमाडौं महानगरका पूर्व प्रशासकीय अधिकृतसहित ७ जना निर्दोष ठहर

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जना भ्रष्टाचार अभियोगबाट मुक्त भएका छन्। विशेष अदालतले प्रमाण अपर्याप्त भएको ठहर गर्दै उनीहरूलाई सफाइ दिएको हो।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले मंगलबार फैसला सुनाउँदै आरोप पुष्टि हुन नसकेको उल्लेख गरेको छ।

सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धराबाट म्हेँपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियारसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तर सुनुवाइका क्रममा अभियोग पुष्टि हुने ठोस आधार नदेखिएको अदालतको निष्कर्ष छ।

मुद्दा दर्ता हुँदाको समयमा नेपाल सरकारका सहसचिव रहेका परियार सूचना तथा प्रसारण विभागको महानिर्देशकको जिम्मेवारीमा थिए। सोही मुद्दामा महानगरका तत्कालीन निर्देशक रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इञ्जिनियर जर्नादन गिरी पनि प्रतिवादी थिए।

अदालतले सबै प्रतिवादीलाई आरोपबाट मुक्त गर्दै मुद्दा समाप्त गरेको छ।