१३ असार २०८३, शनिबार

मुख्यमन्त्री कार्कीले गरे कोसीमा नयाँ मन्त्री नियुक्त

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ मन्त्रीहरु नियुक्त गरेका छन् । नेपाली कांग्रेसका ५ र एमालेका ५ जना गरि राज्यमन्त्री सहित १० जना मन्त्री नियुक्त गरेका हुन् ।

यसअघिका मन्त्रीले काम निकाल्न नसकेपछि जनताका लागि देखिने गरि काम गर्ने मन्त्री खोजी गर्दै नयाँ मन्त्रीहरू नियुक्त भएका हुन् । नेकपा एमालेबाट विदुर कुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्री, रामप्रसाद मेहता सामाजिक विकास मन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री, इस्राइल मन्सुरी उद्योग कृषि तथा सहकारी मन्त्री, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री र शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

उनीहरुलाई अहिले सपथ गराईँदै छ। नियुक्त भएका मन्त्रीहरुको बारेमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख समक्ष मन्त्री तथथा जिम्मेवारी हेरफेर गरिएको जानकारी गराएका थिए । लगत्तै प्रदेश प्रमुख कार्यालयमा सपथको कार्यक्रम तय भएको छ ।