२४ जेष्ठ २०८३, आइतबार

रास्वपाको केन्द्रीय समिति बैठकअघि रवि, कुलमान र बालेनबीच भेटवार्ता

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक भोलि (आइतबार) दिउँसो बस्दैछ । बैठकअघि सभापति रवि लामिछाने, उपसभापति एवं ऊर्जामन्त्री कुलमान घिसिङ र पार्टी नेता एवं काठमाडौंका मेयर बालेन साहबीच भेटवार्ता भएको छ ।

शनिबार भएको भेटवार्ताका क्रममा समानुपातिकको बन्दसूचीमा देखिएका समस्या, पार्टी समायोजनको खाका, पार्टीको कामलाई अगाडि बढाउने लगायतका विषयमा छलफल भएको स्रोतले बतायो ।

त्यस्तै, रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टीका तत्कालीन नेताहरू पनि अहिले बनस्थलीस्थित केन्द्रीय कार्यालयमा छलफलमा रहेको बताइएको छ ।