काठमाडौं । नेकपा (एमाले) दैलेख निर्वाचन क्षेत्र नम्बर–२ ले उम्मेदवार छनोटका लागि निर्वाचन गरेको छ । शनिबार भएको निर्वाचनमा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सबैभन्दा बढी ६७ मत प्राप्त गरेका हुन् ।
उम्मेदवारका लागि आकांक्षी नेताहरु धेरै भएपछि उम्मेदवार छनोटका लागि निर्वाचन गरिएको थियो ।
उम्मेदवारका लागि रिजालसहित कर्णालीका पूर्वसभामुख राजबहादुर शाही, पूर्वसांसद राजबहादुर बुढा, लक्ष्मी पोखरेल आकांक्षी थिए । रिजालले सबैभन्दा बढी ६७ मत प्राप्त गर्दा पोखरेलले ६६, शाहीले ६१ र बुढाले ५० मत प्राप्त गरे ।
यसैबीच, यस क्षेत्रबाट दुई जना नेताको नाम सिफारिस गरिने बुझिएको छ । निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्ने रिजाल र पोखरेलको नाम सिफारिस हुने बताइएको छ ।








प्रतिक्रिया