काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीको असन्तुष्ट पक्षबीच पार्टी एकताको निर्णायक वार्ता बसिरहेको छ ।
वनस्थलीस्थित रास्वपा कार्यालयमा भइरहेको वार्तामा उज्यालो पार्टी पक्षले १४ समानुपातिक उम्मेदवार निर्वाचित हुने सुनिश्चितता, पार्टीमा उचित प्रतिनिधित्व र संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा पहिचानबारे रास्वपाको धारणा लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
रास्वपाको बन्दसूचीमा रहेका उज्यालो पार्टीका १४ जनालाई सूचीको माथिल्लो वरियतामा राख्नुपर्ने माग उज्यालो पक्षको रहेको छ । साथै, कुलमान घिसिङलाई पहिलो वरियताको उपसभापति बनाउने सहमति भए पनि अन्य पदाधिकारीमा अझै दुई जना थप गर्नुपर्ने उज्यालोको अडान छ ।
वार्तामा उज्यालो नेपालका तर्फबाट प्रा.डा. महेन्द्र लावती, पार्टीका प्रवक्ता राजु थापा, केन्द्रीय सदस्यद्वय जितराम लामा र रामेश्वर श्रेष्ठ रहेका छन् । रास्वपाबाट भने शिशिर खनालसहितको टोली सहभागी रहेको छ ।
आज सहमति नभए एकता तोडेर अलग हुने तयारीमा उज्यालोको असन्तुष्ट पक्ष रहेको छ ।








प्रतिक्रिया