बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्ने कुरामा अझै विश्वस्त हुने अवस्था नरहेको बताएका छन् । शनिबार बुटवलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा पौडेलले यस्तो बताएका हुन् ।
उपाध्यक्ष पौडेलले निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण निर्माणमा सरकार गम्भीर नदेखिएको टिप्पणी गरे । उनले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित हुनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक पूर्वतयारी र आधारभूत कामहरूमा सरकारको ध्यान नपुगेको बताए ।
उपाध्यक्ष पौडेलले एमाले सधैं लोकतान्त्रिक प्रक्रिया र निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्दै मतदाताले निर्भयताका साथ मतदान गर्न पाउने र सबै राजनीतिक दलले समान रूपमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण सुनिश्चित हुनुपर्ने बताए । निर्वाचनको कामलाई सरकारले राम्रोसँग अघि बढाउनपर्ने उपाध्यक्ष पौडेलको भनाइ थियो ।








प्रतिक्रिया