विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले मोरङको विराटनगरस्थित प्रसिद्ध काली मन्दिरमा पुगेर पूजा अर्चना गरेका छन् । केही दिनदेखि झापाको दमकमा रहँदै आएका शाह आज बिहानै विराटनगर पुगेर मन्दिरको दर्शन गरेका हुन् ।
पूर्वराजा शाह मन्दिर पुग्दा काली मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष मीनाक्षी नेपाल लगायतका पदाधिकारीहरूले उनलाई स्वागत गरेका थिए । मन्दिर परिसरमा पूर्वराजाको दर्शनका लागि समर्थक र सर्वसाधारणको ठुलो भिड लागेको थियो ।
मन्दिर प्रवेश गरेपछि पूर्वराजा शाहले विधिपूर्वक पूजा अर्चना गरेका थिए । पुरोहितहरूले स्वस्तिवाचन र मन्त्रोच्चारणका साथ उनलाई पूजामा सहभागी गराएका थिए । करिब आधा घण्टासम्म मन्दिरमा बिताएका शाहले आरतीमा समेत सहभागी भएर टीका र प्रसाद ग्रहण गरेका थिए ।










प्रतिक्रिया