काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको राजधानी काराकसमा भएको आक्रमणहरूपछि अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेको दाबी गरेका छन् ।
‘अमेरिकाले भेनेजुएला र उसका राष्ट्रपति निकोलस मादुरोविरुद्ध ठूलो मात्रामा आक्रमण सफलतापूर्वक गरेको छ ।’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् । मादुरोलाई उनकी श्रीमतीसँगै पक्राउ गरी देश बाहिर लगिएको ट्रम्पको दाबी छ ।

शनिबार बिहान भेनेजुएलाको राजधानी काराकसमा एकपछि अर्को धेरै विस्फोटहरू भएको छ । धेरै स्थानहरूमा धुवाँ र आगोको मुस्लो उठेको देखिएको छ । विस्फोटपछि भेनेजुएलाका राष्ट्रपतिले आपतकालीन अवस्थाको घोषणा गरे ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार काराकासको मुख्य सैन्य अड्डा, फोर्टुना नजिकै विस्फोटहरू भएका थिए । ती क्षेत्रमा श्रृंखलाबद्ध विस्फोटहरू सुनिएका थिए, जसले गर्दा शहरभरि अन्धकार छाएको थियो ।








प्रतिक्रिया