काठमाडौं । भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको विमान दुर्घटनामा नेकपा (एमाले)का नेता अग्नि खरेल सकुशल रहेका छन् ।
काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको एटीआर–७२ विमान अवतरणका क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई घाँसे झाडी र माटोमा भासिएपछि दुर्घटना भएको थियो ।
विमानमा सवार खरेलले केही बलियो यात्रुले विमानको गेट भत्काएर समयमै बाहिर निस्कन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको बताए । “पछाडिको भाइले सिट नभत्काएको भए हाम्रो स्थिति के हुन्थ्यो ? धन्न बलियो मान्छे पो दुनियाँ हुन्छ जस्तो लाग्यो मलाई त । म त्यो भत्काउन सक्दिनथेँ ।” उनले भने, “एनिवे आज सेभ भो, राम्रो भो, ठीक भो, राम्रो भो । हामी सबै बाँच्यौँ ।” साथै, उनले घटनामा देखिएका कमजोरीको गम्भीर रूपमा छानबिन गर्नुपर्ने आवश्यकता औंल्याउँदै भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।
“कमजारी के भयो भन्ने कुरा केलाउनु पर्छ जस्तो लाछ । यदी कमजोरी केलाउन सकिएन भने पछिल्ला दिनहरुमा फेरि यस्ता दुर्घटनाहरु हुनसक्छ ।” उनले भने ।
दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका थिए । घाइतेमध्ये छ जनाको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको छ भने सहचालकको भइरहेको बताइएको छ ।








प्रतिक्रिया