३१ जेष्ठ २०८३, आइतबार

समानुपातिकतर्फको उम्मेदवारी फिर्ताको आसिफ साहको घोषणा, प्रत्यक्ष चुनाव लड्ने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कलाकार आसिफ साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएका हुन् । साहले जनता र पार्टी कार्यकर्ताको भावनाअनुसार उम्मेदवारी फिर्ता लिएको उल्लेख गर्दै समानुपातिक सूचीमा रहेका अन्य उम्मेदवारहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् ।

‘यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु,’ उनले लेखेका छन्, ‘साथै जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु ।’

उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने बताएका छन् । ‘प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ–उठ्ने नै हो । हामी काठमाडौं–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौँ,’ उनले भनेका छन्, ‘देशभन्दा ठूलो केही हुँदैन ।’